संघीय समाजवादी फोरम निकट मजदुरहरु संगठित

  नयाँ बुलन्द
0 Shares

झापा : संघीय समाजवादी फोरम निकट दमकका मजदुरहरु संगठित भएका छन् । विश्वकर्मा पूजाका अवसर पारेर आज फोरम निकट समाजवादी लोकतान्त्रिक टे«ड यूनियनले दमकमा १७ सदस्यीय  तर्दथ समिति गठन गरेका हुन् ।

भेलाले मिलन श्रेष्ठको अध्यक्षतामा तर्दथ समिति गठन गरिएको जनाईएको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षमा राज तिवारी,सचिवमा देव ताजपुरिया ,सहसचिवमा लीलाराज आचार्य र कोषाध्यक्षमा राजेन्द्र बस्नेत चुनिएका छन् । यस्तै सदस्यहरुमा किरण श्रेष्ठ,युवराज पौडेल,कृष्ण न्यौपाने,भगवान बस्नेत,विवेक प्रधान, अर्जुन भेटवाल,मनोज नेपाली,जय कटुवाल,प्रेम घिमीरे,सचिन देव।जंग विक र कृष्ण अधिकारी रहेका छन् । तदर्थ समिति यूनियनका केन्द्रीय सदस्य अनिल लामाको उपस्थितिमा नगर समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

निर्वाचित समितिलाई पार्टीका जिल्ला अध्यक्ष धिरेन लावतीले सपथग्रहण गराएका थिए । सो भेलामा पार्टीका केन्द्रीय सदस्य हरिदेवी लावती, दमक नगर अध्यक्ष बासुदेव राई लगायतको उपस्थिति रहेको पार्टीका नगर सहसचिव खेम दाहालले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार