अबैध उत्खनन गर्ने कार्यमा संलग्न चार ट्याक्टर नियन्त्रणमा

  प्रनिश थापा
0 Shares

चितवन : चितवनको राप्ती नगरपालिकामा अबैध उत्खनन गर्ने कार्य अझै रोकिएको छैनन् । नगरपालिकाको वाड नं ९ स्थित सुके खोलाबाट अवैध उत्खनन् गर्ने कार्य अझै जारी नै रहेको पाइएको हो ।

तीव्र रुपमा उत्खनन् भएको पाइएपछि प्रहरीले सो खोलामा उत्खनन् गर्ने ४ वटा टयाक्टर पक्राउ गरी राप्ती नगरपालिकालार्इ बुझाएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले खोलाबाट अवैघ रुपमा गिट्टी वालुवा उत्खनन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर राप्ती नगरपालिकामा बुझाएको हो ।

नगरपालिकाले प्रति टयाक्टर ७ हजार जरिवाना गराइ ती ट्याक्टरलाई एक पटकको लागि चेतावनी दिदै छोडिएको नगरपालिकका प्रमुख प्रशासकीय अधिकत मिठाराम हुँमागाईंले जानाकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार