बसको ठक्करबाट मोटरसाइकल चालक ठहरै

  नयाँ बुलन्द  363 पटक हेरिएको

चितवन : चितवनको खैरहनी नगरपालिका मा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वीरगञ्जबाट नारायणगढको लागि छुटेको बा. ३. ख. ६२४ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको ना ३० प ४२३ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा खैरहनी नगरपालिका ३ निवासी ४५ वर्षका हिरालाल कँडेलको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका कँडेलको उपचारको लागी भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको खैरहनी प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार