युवतीलाई भारत लैजाँदै गर्दा दुई भारतीय नागरिक पक्राउ

  नयाँ बुलन्द  123 पटक हेरिएको

इलाम : पाँचथरको फिदिम नगरपालिका, ५ की १९ वर्षीय एक युवतीलाई भारत लैजाँदै गर्दा इलामको पशुपतिनगर नाकाबाट प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङका ४२ वर्षका दलवीर मुखिया र २२ वर्षका आयुष बिक रहेका प्रहरीले जानकारी दिएको छ ।

पाँचथरदेखि युवतीलाई बिहे गर्ने प्रलोभनमा भारत लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार