दशैंका लागि असोज ५ देखि बसको टिकट बुकिङ

  नयाँ बुलन्द  43 पटक हेरिएको

काठमाडौं : बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।

यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।

यातायात ब्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए ।

तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भएपछि अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन । -नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार