शैक्षिक संस्था माथिको राजनैतिक हमला अमान्य

  निर्मल चौहान  285 पटक हेरिएको

इलाम नगरपालिका भित्रका विध्यालय व्यवस्थापन समितिमा अन्य पाटिका सर्मथक विध्यालय व्यवस्पन समितिका अध्यक्षहरुलाई ओली सरकारका पुच्छरले भटाभट विना जानकारी निलम्वन गरी आफ्ना पाटीको कार्यकर्ता विध्यालय व्यवस्पन समितिका अध्यक्षमा नियूक्ती गर्दा अच्चम लाग्छ ।

एउटा विध्यालयको कार्यक्षेत्र भित्र रहेका अभिभावकले चुनेको विध्यालय व्यवस्पन समितिका अध्यक्षलाई निकालेर शैक्षिक संस्थालाई पाटीको भर्ति केन्द्र बनाउदा हामी जनआवाजलाई विश्वास गर्ने , कोही चुप लागेर वस्न सकेनौ , वर्षको प्रतिकुलतालाई वाम एकता पछि अनुकुलतामा बदल्न खोज्ने सवैको चरित्र उदाङ्गो भएकै छ । साधारण पदका लागि पनि आफ्नै कार्यकर्ता खोज्ने प्रकृति मौलाए , शिक्षाले अग्रस्थान पाउन सक्दैन , संसारमा काम नलाग्ने शिक्षा त्यसमा पनि राजनैतिक हस्तक्षेप यसले मुलुकलाई अग्रस्थान तर्फ होइन अदोगतितिर लादैछ । पाटीगत र वैरभावमा जलिरहेको विचलन नरहे सम्म बुरजुवा शिक्षा भन्ने माओवादी पाटीले सम्म यसलाई जिवन्त राख्न सक्दैन । सत्तासिन हुदा माओवादीले सम्म शिक्षामा समय अनुकुल वनाउन नसक्नु जंगलमा हुदा वुरजुवा शिक्षा भन्नु लजास्पद शव्द हो । जनताले चाहेको २१ औ सताव्दीको रोजगार मुलक शिक्षा हो ।

राजाका सालिक भत्काउने, शिक्षामा त्यही राजा माहाराजाको विषय पढाउने , नेताको समय अनुकुल गणतन्त्र ल्याउने , पढाउन चाँही त्यही राजा माहाराजाका गाथाँ पढाउने, जनता हामी कहाँ चुकेका छौ ? यिनै नेताका दोयत चरित्रका कारण आज हामी करको वोजले मात्र होइन शिक्षा क्षेत्रमा देखिएको राजनैतिक हस्तक्षेपले पुःन एकचोटी जनताले सोच्ने समय आएको छ ।

इलाम नगरपालिका वार्ड न. ९ मा अवस्थित श्री महमाई आ. वि. का अपध्वस्त विध्यालय व्यवस्पन समितिका अध्यक्ष श्री किशोर कुमार कार्की लाइ मैले सोधे कार्यकाल समाप्त गर्न नपाई अर्को अध्यक्ष बनाईदा जनचाहाना विपरित भएन ? जनताले वनाएको अध्यक्ष र पाटीको टिका लगाएको अध्यक्ष राजा ज्ञानेन्द्रले सत्ता हातमा लिदा वनाएको जनप्रतिनिधि र आज पाटीका आडमा वनाएका विध्यालय व्यवस्पन समितिमा के फरक छ ? अपध्वस्त विध्यालय व्यवस्पन समितिका अध्यक्ष श्री किशोर कुमार कार्की भन्छन सासन र सत्ताको चरम दुरुपयोग भई रहदा जनता वोलेनन होइन वोलेका दिन यो शासन ढल्छ ।

जनता भन्दा ठुलो यो मुलुकमा कोही छैन १०४ वर्षको राणा राज्य , ३० वर्षे पञ्चायत र २३७ वर्षे राजतन्त्र जनताले ढालेका हुन र दुई तिहाईको आडमा जे जे गर्दा हुन्छ भन्ने घमण्ड कसैले नगर्दा हुन्छ भने शिक्षा जस्तो क्षेत्रमा राजनैतिक लादनु लजास्पदको विषय हो मैले वि.व्य.स. अध्यक्ष रहदा सवै संग मित्रवत सम्वन्ध थियो तर एक्कासी इलाम नगरपालिकाको कार्यालय शिक्षा तथा खेलकुद शाखा वाट मलाइ कुनै जानकारी वा पत्र नदिई इलाम नगरपालिका वार्ड न. ९ निवासी ईन्दुमणी खतिवडाको नाममा अध्यक्षमा मनोनयन गरेको पत्र विध्यालयमा आउदा सिहदरवारको अधिकार गाँउ गाँउमा ÷ घर घरमा भनेको त जनताको अधिकार नगर प्रमुले खोसेर आफ्नो पाटीको बनाउने पो रहेछ की के हो भनेर नगर प्रमुखको अधिकारले जनताको अधिकार खोसेको ठहर गरी जनताको अधिकार पुनरस्थापन गर्न न्यायको लागी इलाम उच्च अदालतमा अपिल गरेको छु र मैले मात्र हैन आस्थाका आधारमा हटाईएका सम्पुर्ण विध्यालय व्यवस्पन समितिका अध्यक्षहरुले नेपाल अधिराज्य भर न्याय पाउनु पर्छ र हामीलाई “गाँउका अभिभावकले वनाएका हुन , पाटीको टिका लगाएका होईनौ” ।

करका कारण गरिव जनताको छानो र मानो लुटने यो सरकार लामो नटिक्ने र राज्यमा जनता माथि वोकाईएको करले गाँउमा जनता आजित छन । राज्यमा दुई तिहाइको नाममा ओली सरकारको तानडप नृत्य कैले सम्म चल्ला कर समयमा नतिर्दा जरिमाना जनताले , नेताले जस्तो लुटेको हुदैन वाख्रा पाठा वेचेर तिर्ने हो । अव मुलुक समृद्ध होला जनता दैनिक कर र जरिमानाले गरिव हुदैछन हाम्रो करले राज्यका नेताले २ करोड भन्दा मुनिका गाडी चडेनन । हिजो गोरु गाडामा हिड्ने हरु मन्त्री हुना साथ २ करोडको गाडी, हुन त प्रधान मन्त्रीकै खर्च डरलाग्दो , प्रदेशका मन्त्री के कम ? हाम्रो कर हाम्रो विकास भन्ने भन्दा जनता दुःख गर हामी राज्यको सम्पतिको दोहन गछौ भन्ने मात्र पाईयो ।
कुनै पनि सामान्य घटना क्रमले नै व्याक्तिको सत्यताको पहिचान हुन्छ ओली सरकारको शैक्षिक हस्तक्षेप , राजनैतिक नियूक्ती र कर आतंक यो सरकार पुर्ण असफल भैसक्यो तर जन आवाज सडक सडकमा आउन मात्र वाँकी छ । आएका दिन न गोली न वन्दुक के ले थाम्छ ? त्यसैले यस्ता दिन नदेख्न सरकारले सोच्ने वेला आयो ढिला नर्गन आग्रह गर्दछु ।
                                                                                                                                                                     

                                                                                                                                                                      लेखक
                                                                                                                                                                  निर्मल चौहान
                                                                                                                                                                इ.न.पा. वार्ड न. ९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार