‘गो ब्याक’ भन्दै बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् ।

डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । ‘गो ब्याक’ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार