बर्दिया क्षेत्र नम्बर ३ ताक्दै वामदेव गौतम

  नयाँ बुलन्द  221 पटक हेरिएको

काठमाडौं : गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ ।

त्यो मिलाईदिन महासचिव विष्णु पौडेल लागिपरेका छन् । पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् ।  रोकायाले यसको पुष्टि गरेका छन् ।

उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । वामदेव जीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु , उनले भने, ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार