निर्मला पन्त हत्याः थप पाँच प्रहरी निलम्बित

  नयाँ बुलन्द  245 पटक हेरिएको

काठमाडौं : सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको अनुसन्धानमा संलग्न थप पाँचजना प्रहरी अधिकारीलाई निलम्बन गरेको छ।

गृह मन्त्रालयद्वारा शनिवार साँझ जारी विज्ञप्ति अनुसार प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई शनिवारबाटै लागु हुने गरी निलम्बन गरिएको हो।

पन्तको बलात्कारपछि हत्या र त्यसपश्चात् उत्पन्न घटनाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले गरेको सिफारिस अनुसार उनीहरूलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बीबीसीलाई बताए।

सो समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक प्रतिवेदन पेश गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार