घुससहित नौ जना प्रहरी पक्राउ

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना प्रहरीलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई छन् । सिपाहीदेखि असईसम्म नौ जनालाई एक लाख रुपैयाँ घुससहित बानेश्वरका विभिन्न ठाउँबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

घुस लिँदै छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको र अहिले अख्तियारको कार्यालय लगिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनीहरुलाई बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ घुस लिएको उनले बताए ।

पक्राउ परेकामध्ये असई गोपाल श्रेष्ठबाट सबैभन्दा बढी ३० हजार रुपैयाँ बरामद गरिएको उहाँले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार