बाल दिवसको अवसरमा अन्तरविद्यालय नृत्य प्रतियोगिता

  दुर्गेश लावती  315 पटक हेरिएको

मिक्लाजुङ : सिंहदेवी माध्यमिक विद्यालय मिक्लाजुङ-५ सिक्तेम्बास्थित सिंहदेवी बाल क्लबले राष्ट्रिय बाल दिवस २०७५ खुला अन्तरविद्यालय नृत्य प्रतियोगिता आयोजना गरी मनाएको छ ।

प्रतियोगिमा चिसोपानी मावि माङसेबुङ-६ इलाम प्रथम, कुरुम्बा मावि मिक्लाजुङ-५ पाँचथर द्वितीय,  नव प्रतिभा एकेडमी माङसेबुङ-६ इलाम तृतीय र जनज्योति आवशीय विद्यालय मिक्लाजुङ-५ पाँचथर र आयोजकले सान्तवना हासिल गरे ।

उनीहरुलाई क्रमश: नगद ५ हजार, २ हजार ५ सय, १ हजार ५ सय, १ हजार र ५ सय सहित मेडल र प्रमाणपत्रको प्रदान गरिएको आयोजक सिंहदेवी बालक्लबका अध्यक्ष निमेष लावतीले जानकारी दिए ।

कार्यक्रममा सिंहदेवी माविका शिक्षक अभिभावक संघका अध्यक्ष तेजिन्द्रप्रसाद लावती, कुरुम्बा माविका प्रधानाध्यापक डिगबहादुर लावती, जिल्ला समन्वय समिति पाँचथरका सदस्य कुसल चाम्लिङ लगायतले शुभकामना राखेका थिए ।

सिंहदेवी बालक्लबका अध्यक्ष निमेष लावतीको अध्यक्षता र मिक्लाजुङ ५ का वडा अध्यक्ष अविसन लावतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन रोसन राई र मनिसा लावतीले गरेका थिए ।

‘सुखी नेपाली समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार’ भन्ने मूल नाराका साथ देशभर बाल दिवस मनाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार