अझै बनेन प्रहरी चौकी जीर्मलेको भवन

  गोबिन्द पौडेल
0 Shares

तीन दशक अगाडिको तत्कालिन गाउँ पञ्चायत भवन । त्यही भवनमा अहिले प्रहरी चौकी छ । तस्वीर : गोबिन्द पौडेल

रोङ : इलामको रोङ गाउँपालिका ६ जिर्मलेमा प्रहरी चौकी विगत लामो समयदेखी अरुको स्वामितवमा रहेको जीर्ण भवनबाट संचालित छ ।प्रहरी नागरिकको जीउधनको सुरक्षार्थ खटीरहनुपर्ने प्रहरी जीर्ण भवनमा बसेर काम गर्नुपर्दा सधैं जोखिममा रहेको महसुस गर्ने गरेका छन् ।

शान्ति स्थापनापछि प्रहरी चौकी जिर्मले झण्डै तीन दशक अगाडी बनेको तत्कालिन गाउँ विकास समितिको पुरानो कार्यलयमा चौकी पुर्नस्थापित गरिएको थियो । नयाँ भवन निर्माण नभएपछि सोही भवनमा हालसम्म कार्यालय सञ्चालित छ । सो भवन समेत जीर्ण अवस्थामा छ । जीर्ण भवनमा बस्नुपर्दा प्रहरीले जोखिमको महसुस गरिरहेका छन् ।

हुन त जिर्मलेमा प्रहरीको आफनो भवन नबनेको भने होइन । २०४८ सालतिर एक समाजसेबी लालबहादुर गोम्देनले सलकपुरको मोतिराम माध्यामिक विद्यालयको नजिकै जग्गा दिएपछि समुदायको सहयोगमा प्रहरी चौकीको भवन बनेको थियो । तर ससस्त्र दन्द्वको समयमा राज्यको सबै प्रहरीचौकीहरु केन्द्रिकृत भएसँगै जिर्मलेमा रहेका प्रहरी पनि सदरमुकाममानै सारिएपछि स्थानीयले आफूले बनाएको भवनमा विद्यालय संचालन सुरु गरेका थिए । अहिले पनि सो भवनमा विद्यालय नै संचालित छ । विस्तृत शान्ति सम्झौतापछि सरकारले विस्थापित भएको प्रहरी चौकी पुर्नस्थापना गर्न थालेपछि गाविसको पुरानो भवन सलकपूर खाली रहेको र प्रहरी चौकी सोही स्थानमा पुर्नस्थापना गरिएको थियो ।

विवादपछि नयाँ कार्यलय जिर्मलेमा सरेसँगै सो भवन खाली थियो । २०३० सालतिर बनेको भवनको जग्गा गाविसकै नाममा छ । प्रहरी चौकीको आफ्नो नाममा जग्गा नरहेको र कसैले दिन पनि नचाहेको कारण प्रहरी चौकी जिर्मलेको आफ्नो भवन बन्न नसकेको बताईएको छ । आफ्नै भवन निर्माण नभएपछि जीर्ण भवनमा बसेर नियमित कार्य संचालन गर्नुपर्ने प्रहरीको बाध्यता छ ।

भवन जीर्ण हुनका साथै सबै काठपात धमिराले खाएको र छाना पनि चुहिने भएकाले वर्षा र हावा हुरीबाट जोगाउन मुस्किल छ । ६ जना प्रहरीहरु रहने र भारतको सीमावर्ती क्षेत्रसमेत पर्ने सो प्रहरी चौकीको भान्छाघर पनि जिर्ण छ । सामान्य मौसम रहे खाना पकाएर खान सकिने तर हावाहुरी र वर्षादको समयमा भने भान्छा घरको विकल्प खोज्न अनिवार्य छ ।

सामान्यतया प्रहरी चौकीमा महिला र पुरुषको लागि अलगअलग थुनुवा कक्ष रहनुपर्ने भएपनि यस भवनमा व्यवस्थापन गर्न नसकिने रहेको प्रहरीको भनाइ छ । तत्कालिन गाविसले प्रहरी चौकीको लागि आफ्नो स्वामित्वमा रहेको जग्गा नामसारी गरिदिने गाउँ परिषदले निर्णय गरेको भएपनि एउटा मन्त्रालयले अर्को मन्त्रालयलाई जग्गा दिन मन्त्री परिषदको निर्ण नै चाहिने भएपछि प्रकृया लम्बिएको हो ।

भारतको सीमासँग जोडीएको रोङ ६ जिर्मले भौगोलिक बनावटको हिसाबले पनि निक्कै विकट छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन बसेका प्रहरीहरुलाई सीमा सुरक्षाको दायित्व समेत रहेकोमा आफ्नो बासस्थानको असुरक्षाको मनोवैज्ञानिक प्रभाव हुँदा नागरिकले सुरक्षित हुन्छन् कि हुदैनन् सोचनीय विषय रहेको छ । सरकाले बर्सेनि अरबौं रुपैयाँ विकाश खर्च गर्न नसकेको विवरण आइरहँदा प्रहरी चौकी जिर्मलेको एउटा पक्की भवन बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार