तिनजुरे एकेडेमीमा फुटबल प्रतियोगिता सम्पन्न

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : २९ औं राष्ट्रिय बालदिवशका अवसरमा तिनजुरे एकेडेमी फाकफोकथुम-६ को आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने नाराका साथमा अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता वडा नम्बर-६ का अध्यक्ष डिकबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा जानकी माद्यामिक विद्यालयले २-१ को अन्तरले हराउँदै प्रथम स्थान हासिल गर्‍यो भने राष्ट्रिय माद्यामिक विद्यालयले हारको सामना गर्दै द्वितीय उपाधि प्राप्त गरेको थियो ।

भदौ २५ गते देखि संचालन भएको खेलमा चार सामुदायिक र तीन संस्थागत गरि जम्मा सात वटा विद्यालयका टिमहरुको सहभागिता थियो । जानकी माद्यामिक विद्यालय, राष्ट्रिय माद्यामिक विद्यालय, सिंह देवि माद्यामिक विद्यालय र तिनजुरे एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि थापाले प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरेका थिए।खेलका उत्कृष्ट खेलाडी भविन श्रेष्ठ र उत्कृष्ट गोलकिपर आनन्दराज तामाङ घोषित भएका थिए ।

प्रतियोगिताका लागि वडा कार्यालयबाट आर्थिक सहयोग उपलब्ध भएको प्याव्सन सदस्य तथा आयोजक तिनजुरे एकेडेमीका प्रधानध्यापक विकास राईले बताए ।

त्यस्तै, खेल सम्पन्न हुनुअघि शिक्षक र अभिभावकहरुले समेत रोचक खेल प्रदर्शनी गरेको साथै अभिभावक टिम विजयी भइ प्रमुख अतिथिबाट पुरस्कार सहित सम्मानित भएका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी अभिभावक, जनप्रतिनिधि,समाजसेवी र खेल प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार