नगर आकर्षक बनाउन फूलबारी निर्माण

धनकुटा : देशकै सफा सहर घोषित धनकुटा नगरपालिकाले सडक आसपासको खाली जमिनमा फूलबारी निर्माणको काम सुरु गरेको छ ।

धनकुटा नगरपालिकालाई फूलबारीको सहरको रुपमा विकास गर्न नगर क्षेत्रभित्रका सडक आसपासको खाली जमिनमा धनकुटा नगरपालिकाले फूलबारी निर्माणको काम सुरु गरेको हो ।

नगरपालिकाले स्थानीय बासिन्दासंगको सहकार्यमा फूलबारी निर्माण गर्न थालेको हो ।

करिब ११ लाख रुपैयाँ खर्च गरेर पहिलो चरणमा कोशीराजमार्ग अन्तर्गत जिरो प्वाइन्टदेखि बसपार्क र सल्लेरीसम्मको करिब दुई किलोमिटरभित्रका खाली जमिनमा फूल रोपिएको छ ।

आगामी केही बर्षभित्र नगरपालिकाको प्रवेशद्धार मुलघाटदेखि त्रिशुलेसम्मको करिब तीस किलोमिटर क्षेत्रमा पनि फूलबारी विस्तार गरिने नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार