तीजको नाच हेरेर फर्केका किराना व्यापारीको हत्या

  नयाँ बुलन्द  60 पटक हेरिएको

कैलाली : कैलालीको जोशिपुर गाउँपालिका–१ जोशिपुर बजारमा एकजना किराना व्यापारीको बिहीबार राती हत्या भएको छ ।

३५ बर्षीय राम प्रसाद ओझाको किराना पसल भएकै घरमा हत्या भएको हो ।

मृतक ओझाको घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।

उनले प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

बिगत १० बर्षदेखी किराना ब्यबसाय गर्दै आएका ओझा भारु सटहीको समेत समेत काम गर्दै आएका थिए ।

तीज मनाउन गर्भवती श्रीमती माइती गएको बेला ओझाको हत्या भएको हो ।

स्थानीयले दिएको जानकारी अनुसार ओझा बिहीबार राती ११ बजेसम्म जोशिपुर बजारमा भएको नाच हेरेर घरतर्फ गएका थिए ।

उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार