इलाम, पाँचथर र ताप्लेजुङ अन्धकार

  नयाँ बुलन्द  1087 पटक हेरिएको

इलाम : इलाम, पाँचथर र ताप्लेजुङ अन्धकार बनेको छ । हावाहुरी र पहिरोले विद्युत तारमा क्षति पुग्दा ३ जिल्ला बुधबार साँझदेखि अन्धकार बनेको हो । अहिले जिल्लाका सदरमुकामसहित ग्रामीण क्षेत्र अन्धकार बनेको छ ।

विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । सदरमुकामसहित ग्रामीण क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यम समेत प्रधावित भएका छन् । एफएम रेडियो, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यम बन्द भएका छन् । सेवाग्राहीलाई मोबाइल चार्ज गर्न समेत समस्या भएपछी हज्जारौं सञ्चार सम्पर्क विहीन भएका छन् । विद्युत अवरुद्ध भएपछि व्यवसायिक काममा समेत प्रत्यक्ष प्रभावित भएको छ ।

३ जिल्लामा विस्तार गरिएको ३३ केभी र १३२ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । २ दिनअघि इलामको रोङ गाउँपालिकाको कोल्बुङमा पहिरो जाँदा ३३ केभी लाइनका ४ पोलमा क्षति पुग्नुका साथै तारसमेत चुट्टिएको थियो ।

अहिले दमकबाट गोदकसम्म विस्तार गरिएको १३२ केभी प्रसारण लाइनमा समेत खराबी आएपछि ३ जिल्ला अन्धकार बनेको हो । बिहीबार साँझसम्मा विद्युत सुचारु हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार