प्रदेश नं १ काे नाम ‘किरात प्रदेश’ नै उपयुक्तः मन्त्री अाङ्बाे

  नयाँ बुलन्द
0 Shares

धरान : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नु नै उपयुक्त हुने बताएका छन् ।

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन् ।

धरानमा अाज अायाेजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

नेकपाका नेता समेत रहेका मन्त्री अाङ्बाेले प्रदेशको नाम किरात राख्दा त्यसले सबै जनतालार्इ समेट्ने बताए ।प्रदेश नं १ का सबै समुदायका लागि मान्य हुुने नाम किरात प्रदेश नै रहेकाे उनको भनाइ छ ।मन्त्री आङ्बोले यसअघि पनि प्रदेशको नाम किरात नै उपयुक्त हुने बताएका थिए । उनी पूर्वमाअाेवादी नेता हुन् ।


तस्बिरः राम याेङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार