साफ च्याम्पियनसिपको सेमिफाइनल आज, नेपाल र माल्दिभ्स भिड्दै

  नयाँ बुलन्द  64 पटक हेरिएको

काठमाडाै : बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार सेमिफाइनलका खेल हुँदैछन् । जसमा नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तान आमने–सामने हुनेछन् ।

समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो भने भारतविरुद्ध पराजित हुँदै उपविजेता बनेको माल्दिभ्सले नेपालसँगको भेट पक्का गरेको हो ।

समूह ‘ए’को उपविजेता बनेसँगै पाकिस्तानको भेट समूह ‘बी’को भारतसँग भएको हो । नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालमा नेपाली समयअनुसार बुधबार पौने चार बजे हुनेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बंगलादेशविरुद्ध २–० गोल अन्तरको विजयी हात पारेको नेपाली टोलीले माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा रहेको छ ।

नेपाली राष्ट्रिय टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेका कारण फाइनलमा पुग्ने बताएका छन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग इन्जुरी समयको अन्तिम ३० सेकेण्ड सम्हालिन नसक्दा पराजित भए पनि अन्य खेलमा भने निकै नै राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा सम्भव भएको बताएका हुन् । नेपालले माल्दिभ्सलाई हराउन सके फाइनल मात्र प्रवेश गर्ने छैन इतिहास पनि रच्नेछ । ( नेप्लेज बाट )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार