रौतहटमा दुई बालिका बलात्कृत

  नयाँ बुलन्द  165 पटक हेरिएको

काठमाडौं : रौतहटमा दुई अबोध बालिका बलात्कृत भएका छन् ।

प्रहरीका अनुसार गढीमाई नगरपालिका–३ गम्हरियाकी १२ वर्षीय बालिकालाई १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले बलात्कार गरेका हुन् ।

पीडितका तर्फबाट इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

यसैगरी गरुढा नगरपालिका ८ बिर्तामा ८ वर्षीय बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई गत शनिबार साँझ ईशनाथ नगरपालिका १ औरैयाका १७ वर्षीय विकासराज यादवले बलात्कार गरेका हुन् ।

घटनामा संलग्न यादवलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । –नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार