पत्रकार महासंघ इलाम शाखाको खानेपानीको धारा काटियो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका कार्यालयले बिगत लामो समयदेखि खानेपानीको महसुल नबुझाउने उपभोक्ताको धारा काटिदिएको छ ।

नगरपालिकाले अभियाननै चलाएर महसुल न बुझाउने को धारा को लाईन काटेको हो । सोही अभियान अन्तर्गत हिजो धेरै धारा काटेको छ ।महसुल नबुझाउनेमा नेपाल पत्रकार महासंघ इलाम शाखा , इलाम चिया कमान ,समता शिक्षा निकेतन आदर्श माविको बजारमा रहेको पुरानो भवन (पहिले प्रज्ञा सदन बसेको) कुम्भीटार प्रावि रहेका छन् ।

यो त केबल सस्थागत भए त्यसै गरी ब्यक्तिगत ग्राहकहरुको पनि लाईन काटिएको छ । जस्मध्य  महसुल नतिरेर धारा काटिएका इनपा ६ का टंकबहादुर बस्नेत, हर्कप्रसाद भट्टराई, देउमाया सुनुवार र छंकमाया तामाङ्नीको धारा काटिएको छ ।  इनपा ७ का महेन्द्रकुमार श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शुक्र विश्वकर्मा, पूर्णकुमारी देवान, खोमबहादुर गुरुङ, विष्णुबहादुर अधिकारी र चन्द्रप्रसाद निरौलाको धारा पनि महसुल नबुझाएकै कारण काटिएको छ ।

इनपा ८ का ललितबहादुर खड्का, रुपमान तामाङ, शारदा श्रेष्ठ, बन्दना रुपाखेती, पदममाया राई, सावित्रामाया खड्गी, शेरबहादुर श्रेष्ठ र जसबहादुर राई छन्  भने इनपा ९ का मानबहादुर बम्जन, डम्बर नेपाल, चन्द्रकला श्रेष्ठ, विष्णुमाया चौहान, भिमबहादुर कार्की, प्रजय रिजाल र ज्ञानबहादुर मुग्रातीको ,सूर्यबहादुर मोक्तान, डिल्लीबहादुर चौहान, रत्नमाया सार्की र रुष्मा राईको समेत धारा काटिएको छ ।

धारा काटिएका उपभोक्ताले बक्यौता रकम र हर्जना बुझाएर थप १० हजार रुपैयाँ बुझाएपछि मात्र धारा जोडिने नगरपालिकाले जनाएको छ ।यस अधीपनी महसुल नबुझाउने विद्यालय, संघसंस्था, र ब्यक्तिगत उपभोक्ताको थुप्रै धारा काटेको नगरपालिकाले जनाएको छ । नगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकलाई पटक पटक सूचना गरेर महसुल बुझाउन आग्रह गरिएको, सञ्चारमाध्यमबाट पनि उपभोक्ताको नामसहित सूचना गरिएको भएपनि नबुझाएपछि धारा काटिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार