जितपुर मावि जिल्लाको सामुदायिक विद्यालयमा उत्कृष्‍ट

  नन्दन सर्वत लिम्बू
0 Shares

जितपुर : इलामको देउमाई नगरपालिका ९ स्थित जितपुर माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ जिल्लाकै उत्कृष्‍ट विद्यालय भएको छ ।

शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट तयार गरिएको परिक्षण साधन अनुसार शिक्षा विकास तथा समन्वय इकाईको मूल्याकंन सिफारिसको आधारमा सामुदायिक विद्यालयतर्फ जितपुर मावि  उत्कृष्‍ट भएको हो ।

जिल्लाकै उत्कृष्ट घोषणा भएकसँगै जितपुर माविले ताम्रपत्र र नगद ५ लाख रुपैयाँ नगद प्रोत्सान अनुदान पाएको प्रधानाध्यापक तोयानाथ बरालले जानकारी दिए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेश ले ३९ औं राष्ट्रिय शिक्षक दिवस तथा ४२ औं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा सामुदायिक विद्यालयहरुलाई सम्मान गरेको थियो ।

यसरी विद्यालयले निरन्तर सफलता प्राप्त गर्दै जानुमा शिक्षक र अभिवावकहरुको निरन्तर लगाव, मिहेनत र नविनतम राणनीतिको प्रयोग भएको शिक्षक छ्त्र योङ्हाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार