५० तोक्ने, २ सय ठोक्ने !

  गोबिन्द पौडेल
0 Shares

रोङ : स्थानीय तहले जथाभावी कर वृद्धि गर्‍यो भनेर नागरिकहरुले गुनासो गरिरहेका बेला संकलकहरुले भने तोकेको भन्दा पनि बढी कर असुली गरेर नागरिकहरुको ढाड सेकिरहेको पाइएको छ ।

इलामको छिमेकी बुद्धशान्ति गाउँपालिकाले लगाएको निकासी करमा गाउँपालिकाले तोकेको भन्दा बढी रकम लिएर ठेकेदारले बद्‍मासी गरिरहँदा गाउँपालिका र नियमन निकाय भने मौन बसेको पाईएको छ ।

गाउँपालिकाबाट निकासी हुने विभिन्न वस्तुहरुका निकासी कर उठाउने जिम्मेवारी पाएको मेनुका फेन्सि ट्रेड्स एण्ड ब्युटि पार्लरको प्रोपाइटर सुनिल लावतीको नाममा काटीने एरिया कर निकासीमा खाध्यान्न सामाग्रीहरुमा प्रतिट्रक १ सय, प्रतिट्याक्टर  ७५ र प्रतिपिकअप ५० लिने सम्झौता भएको विवरण पत्रिकामा प्रकाशित भएपनि प्रतिपिकअप २ सय रुपैयाँ लिएर नागरिकहरुको ढाड सेकिरहेको पाइएको छ ।

यस बारेमा बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज राउतसँग बुझ्दा त्यसबारे आफूलाई कुनै जानकारी नआएको भन्दै यदि त्यस्तो हो भने पहिलो पटक सचेत गराउने र फेरी गुनासो आए ठेक्का सम्झौता तोडेर कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले यदि त्यस्तो पाइएको छ भने नागरिकहरुले गाउँपालिकासम्म सूचना दिन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार