जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध सचेतना

  नयाँ बुलन्द  151 पटक हेरिएको

इलाम जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा सोमबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा भएको कार्यक्रममा आदर्श माविमा अध्यनरत ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो  । कार्यक्रममा जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध विद्यमान कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको थियो ।

इलाममा सुरु भएको जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध एक महिने जागरण अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उता ‘विश्व आत्माहत्या रोकथाम दिवस’  को अवसरमा उद्योग वाणिज्य संघ इलाम, अमेरिकन कर्नर र जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभा गृहमा विज्ञहरु र  जिल्लास्थित विभिन्न विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार