छोराको हत्याराले सफाई पाए लगत्तै अनसन बसेकी गंगामाया भन्छिन्- ‘नेपालमा अब न्यायको आशा मरे’

  नयाँ बुलन्द  127 पटक हेरिएको

काठमाडौं : आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई अदालतले सफाई दिएकोमा गंगामाया अधिकारी सरकारसँग आक्रोशित भएकी छिन् ।

हिजो जिल्ला अदालत चितवनले छोराको हत्या आरोपमा मुद्दा खेपिरहेका १२ जनालाई सफाइ दिएको बिरोधमा उनले हिजैदेखि आमरण अनसन सुरु गरिसकेकी छिन् । उनले केपी ओली सरकारप्रति आक्रोश व्यक्त गर्दै न्यायको आशा मरेको बताइन् ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा रहेकै अवस्थामा पति नन्दप्रसाद अधिकारीलाई गुमाएकी गंगामायाले आफ्ना पतिको पनि सरकारले हत्या गरेको आरोप लगाइन्।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको माओवादी युद्धका क्रममा चितवनमा अपहरणपछि हत्या भएको थियो । तत्कालीन माओवादीले हत्याको जिम्मा लिएको थियो ।

फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डका १२ आरोपीले सफाई पाए

गोरखा फुजेलका कृष्णप्रसाद अघिकारीको हत्या अभियोग लागेका १२ जनालाई चितवन जिल्ला अदालतले सफाई दिएको छ । जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले १३ अभियुक्तमध्ये छविलाल पौडेलसहित १२ जनालाई सफाई दिएको हो ।

एक जना भने विदेशमा रहेकाले उनको हकमा पछि निर्णय हुनेछ । सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी, रामप्रसाद अधिकारी (क) र (ख) लगायत छन् ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवनबाट अपहरणपछि हत्या भएको थियो । हजुरबुबा भेट्न आएको बेला अपहरणमा परेका उनले रत्ननगरको बकुलहरमा हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।

मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । लामो समय मुद्दा दायर नभएपछि बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन थाले र २०७० चैत ३० गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो । तर, पुनरावेदन हुँदै सर्वाेच्चमा निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै अनसन बसेका बेला नन्दप्रसादको निधन भयो । पछिल्लो पटक गंगामाया अनसनमा बसेपछि पौडेलले २४ असारमा सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । डिल्लीबजार कारगारमा राखिएका उनी अदालतको फैसलापछि आज छुट्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार