मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

  प्रनिश थापा
0 Shares

चितवन : चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जगतपुरबाट गितानगरतर्फ आउँदै गरेको ना ५० प ३३११ नम्बरको मोटरसाइकलको ठक्करबाट भरतपुर महानगरपालिका १४ की पैदलयात्री पार्वती न्यौपानेको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक पनि घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर  नगरपालिका १४ का २२ बर्षिया सन्दिप महतो रहेको र उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार