पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि विरुद्ध आज ‘भारत बन्द’

  नयाँ बुलन्द
0 Shares

नयाँ दिल्ली : पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् ।

भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ (भारु) प्रतिलिटर भन्दा माथि छ । यो हालसम्मकै उच्च मूल्य बताइन्छ ।

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले भने, ‘कांग्रेसले भारत बन्दको आह्वान गरेको छ, अन्य विपक्षी दलले पनि यसको समर्थन गरेका छन् ।’

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।

उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।

(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार