साङ्गरुम्बा माविमा समाजवादी विद्यार्थी फोरम

  नयाँ बुलन्द  316 पटक हेरिएको

इलाम : समाजवादी विद्यार्थी फोरम नेपाल इलामले संगठन विस्तारको क्रममा आइतबार इलाम नगरपालिका १२ स्थित साङ्गरुम्बा माध्यमिक विद्यालयमा समिति गठन गरेको छ ।

टार्जन लिम्बूको अध्यक्षतामा ४९ सदस्यीय मावि कार्यसमिति गठन भएको समाजवादी विद्यार्थी फोरम नेपाल इलामका संयोजक रामकुमार लिङदमले जानकारी दिए ।

समितिका उपाध्यक्षमा पविना लिङ्दम, पवित्र थापा, सचिव रेनुका राया, सहसचिव समिक्षा चौवान, सुनिता राई, सन्तोस खाती र कोषाध्यक्षमा सुमन मगर चयन भएका छन् ।

सदस्यहरुमा लिला राया, दावा तामाङ, दिपक शर्मा, विवस राई, मुकेस राई, दिपक मगर, अनिस लिङ्दम, अनिस राई, वीरेन्द्र लिम्बू, समीर लिम्बू, निसान लिम्बू, निरोश महत, मनिला महत, अनिस खातीलगायत रहेका छन् ।

समाजवादी विद्यार्थी फोरम दोस्रो जिल्ला अधिबेशन आयोजक समिती सयोजक राम कुमार लिङदम, सहसंयोजक रोचक लिम्बू र सङघीय समाजवादी फोरम इलाम नगरपालिका १२ का वडा अध्यक्ष हरी तामाङको उपस्थितिमा समिति गठन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार