प्रचारप्रसार गर्न नसक्दा दिदी बहिनी झर्ना ओझेलमा

  नयाँ बुलन्द
0 Shares

 

इलाम  : इलामको इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवामा रहेको दिदी बहिनीे झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित रूपमा प्रचारप्रसार गर्न नसक्दा ओझेल परेको हो ।

इलाम जिल्लाकै अग्लो जस्तो देखिने झरनाको हाल सम्म उचाई थहा पाउन सकिएको छैन । एकै ठाँउमा दुई बटा झरना रहेको यो जिल्लाको एक मात्र स्थान रहेको हाे । दिदी बहिनीको रुपमा नाम दिइएको झर्ना सम्म पुग्ने मोटरबाटो समेत निर्माण भए पनि त्यस स्थानसम्म जानको लागि प्रचारप्रसार नहुदा आन्तरिक या बाह्य पर्यटकहरु पुग्न नसकेको पुवामझुवा पर्यटन बिकाश समितीका अध्यक्ष सोम सुनुवारले बताए ।

दिदी बहिनी झर्नाको लागि चालु आर्थिक बर्षमा नगरको बजेट बाट ५ लाख र प्रदेश बाट ८ लाख रुपैया समेत बिनियोजन भइसकेको छ । उतm रकम बाट झर्नाको मुहान संरक्षण ,सौन्दर्यकरण, पर्याबरणीय  साथै प्रचारप्रसारको क्षेत्रमा खर्च गरिने बताइएको छ ।

पर्यटकीय स्थलहरु प्र्याप्त रहेकोे इलाममा यि र यस्ता थुप्रै पर्यटकिय सम्भावना बोकेका स्थानहरु रहेपनि ओझेलमा परिरहेका छन् भने तिनिहरुको संरक्षणको समेत खाचो देखिएको छ । दिदी बहिनी झर्ना इलामको मेची राजमार्ग अन्तरर्गतको बागखोर बजारबाट आधा घण्टाको पैदल यात्रामा पुगिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार