चुलाचुलीमा पनि ३९ औँ राष्ट्रिय शिक्षा दिवस मनाईयो

  निशेष राई सत्यरुप  64 पटक हेरिएको

चुलाचुली :  समाजवाद उन्मुख सम्वृद्ध राष्ट्रिय निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने नाराका साथ चुलाचुली गाउँपालिले आज विभिन्न कार्यक्रम गरी ३९ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ । चुलाचुली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने विद्यालय, शिक्षक, बिद्यार्थी लगायत लाई सम्मान गरीएको थियो । यसरी सम्मानित हुनेमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष सेतु प्रकास राई र हिरा श्रेष्ठ शिक्षक अविभावक संघका अध्यक्ष होम प्रसाद फुएल ,संदेश राई, वाल शिक्षक खडिमाया श्रेष्ठ , टिकादेवी भट्टराई, र स्काउट शिक्षक खग्रेन्द्र निरौला र रुद्र प्रसाद गिरी लाई सम्मान गरीएको चुलाचुली गाउँपालिकाले जनाएको । त्यसैगरी उत्कृष्ट शिक्षकमा शतिस कुमार शाह, अनिता राई, भक्तेश्वरी सापकोटा तथा २०७४ सालको एसईई परिक्षामा सामुदायकि विध्यालय तर्फ सर्वोकृष्ट नम्वर ल्याउन सफल छात्र सुमन तामाङ्ग, सुजता न्यौपाने, आयुषमा भट्टराई र मुना कार्कीलाई समेत पुरस्कृत गरीएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार