गाग्रेभञ्‍ज्‍याङ नवमी कालोपत्रे हुने

  नयाँ बुलन्द  2738 पटक हेरिएको

देउमाई : इलामको देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङ  बेलासे हुँदै बिर्तामोड पुग्ने सडक खण्डको १० किलोमीटर सडक कालोपत्रे हुने भएको छ ।

सो सडकको गाग्रेभन्ज्याङदेखि जितपुर नवमीसम्मको खण्ड कालोपत्रे हुने भएको हो । गत साल मात्र ग्राबेल भएको बाटो कालोपत्रे हुन लागेको हो । यसका लागि १ नम्बर प्रदेश सरकारले ५ करोड रकम विनियोजन गरेको देउमाई नगरपालिका ९ का अध्यक्ष प्रेम बरालले जानकारी दिए ।

डेन्मार्क सरकारको अनुदानमा उन्नति परियोजना मार्फत सम्पन्न ग्राभेल सडक कात्तिक मसान्त लगत्तै कालोपत्रे काम सुरु हुने बरालले बताए । इलामको मध्य पश्‍चिमी क्षेत्रका जनताले बढी अपेक्षा गरेको यो सडकले तराई जोड्ने भएपछि व्यापार व्यवसाय र सुविधासम्पन्न अस्पताल छिटो छरितो पुग्न राहत पुग्ने व्यवसायी उर्गेन तामाङ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार