माईखोलामा जोखिमपूर्ण यात्रा

जोखिम मोलेर काठको डुङ्गबाट माईखोला तर्दै यात्रीहरु । तस्वीर : नन्दकुमार नेम्बाङ

इलाम : इलामको दक्षिणी क्षेत्रमा अवस्थित माई नगरपालिको बीचमा पर्ने (साविकको दानाबारी र महमाई जोड्ने) माई खोलामा इलामका चार प्रमुख माईमध्ये एक हो । यो पूर्वको चर्चित नदीमा पर्दछ । खोलाको आसपासमा बसोबास गर्ने स्थानीय खोलाकै काखमा रहेको जग्गाजमिन उपभोग गरेर जीवनयापन गरिरहेका छन् ।

तर, यसभित्र ठूलो पीडा पनि छ । यस क्षेत्रका बासिन्दा विशेष गरेर महमाईबासीले दैनिक उपभोग्य सामाग्री झापाको विर्तामोडबाट दानाबारी हुँदै ल्याउनुपर्छ । त्यहाँ जानका लागि माईखोला पार नगरीकन हुँदैन । अर्को कुनै बाटो छैन । सबैभन्दा नजिकको बजार दानाबारीमा लाग्‍ने साप्‍ताहिक हटिया शुक्रबारे हो । त्यहाँसम्म पुग्नलाई पनि माईखोला पार गर्नैपर्छ ।

यहाँका बासिन्दा झापाको खुदुनाबारीस्थित आइतबारे र शनिश्चरे बजार पनि जान्छन् । जसका लागि पनि माईखोला तर्नैपर्दछ । करिब मंसिरदेखि बैशाखसम्म यातायात सहज सञ्चालन भएपनि जेठदेखि प्राय ठप्प नै हुन्छ । त्यसपछि सरु हुन्छ माईनखोलाको जोखिमयात्रा । दैनिक कम्तीमा ५ सय जना मानिस ओहोर दोहोर गरिरहने यस खोलामा दुई वर्ष अघि डुङ्गा डुबेर डेढ दर्जन मानिसको ज्यान समेत गयो ।

अहिले डङ्गा चलिरहेको ठाउँबाट करिब ३ सय मिटरमाथि पुल निर्माण भइरहेको छ । यो पुल निर्माणसँगै स्थानीयमा केही आशा पलाएको छ । तर तोकिएको समयभित्र निर्माणकार्य सम्पन्न नहुँदा यहाँका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

नगरपालिका भइसकेको यय ठाउँका मानिसले यो जोखिम यात्राबाट कहिले उन्मुक्ति पाउने हो ? यसको उत्तर माईखोलाको पुल निर्माणका लागि जिम्मा लिने ठेकेदारको हातमा रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार