लिम्बू विद्यार्थी मञ्‍च सरस्वतीमा निङवा

  नयाँ बुलन्द  112 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयमा पुन: निङ्वा लावतीको अध्यक्षतामा १३ सदस्यीय लिम्बू विद्यार्थी मञ्च मावि कार्यसमिति गठन भएको छ ।

मंगलबार गठन भएको समितिको उपाध्यक्षमा सन्तोष लावती, महिला उपाध्यक्षमा आशा सावाँ, सचिवमा सेसेहाङ नेम्बाङ, सहसचिवमा नुमा बोखिम र कोषाध्यक्षमा आशा सावा लिम्बू चयन भएका छन् । सदस्यहरुमा पुनम सावाँ, बिरेन्द्र चोङ्बाङ, जुनु लिम्बु, सेसेहाङ शेर्मा, जलन लिम्बु लगायत रहेका छन् ।

निङवा लावती यसअघि पनि लिम्बू विद्यार्थी मञ्च मावि कार्यसमितिका अध्यक्ष थिए । निङ्वा लावोतीकै अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान केन्द्रीय अध्यक्ष आङ्बुहाङ अबोध अविरल, जिल्ला कार्य समिति इलामका उपाध्यक्ष सृष्टि खापुङ लगायतको उपस्थिति तथा सहजीकरणमा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार