भारतीय मोवाइलको प्रयोग हट्दै

  गोविन्द पौडेल  168 पटक हेरिएको

रोङ : लामो समयदेखी इलामको पूर्वी सीमावर्ती गाउँहरुका छ्यापछ्याप्ती प्रयोगमा रहेको भारतीय मोबाइलको प्रयोग हट्दै गएको छ ।

समावर्ती गाउँहरु समाल्बुङ्ग, श्रीअन्तु, जिर्मले, कन्याम लगायतको स्थानहरुमा नेपाली सेवा प्रदायक फोनहरुको नेटवर्क नहुँदा भारतीय कम्पनीको हर्ज, रिलाइन्य, एयरटेल, एयरसेल, भोडाफोन, बिएसएनएललगायत दर्जन जति भारतीय मोवाइलहरुको वर्चस्व रहेकोमा नेपाल टेलिकम र एन्सेलले आफ्नो क्षमता बिस्तार गदै आएर सेवा दिन थालेपछि क्रमशः भारतीय मोवाइलहरु विस्तापित हुँदै गएको हो ।

पूर्वी सीमावर्ती गाउँहरुमा नेपाली सेवा प्रदायक कम्पनिहरुको पहँच नभएको र भारतीय कम्पनीहरुको सेवा राम्रो भएको र सीमामा वारीपारी रहेका आफन्तहरुबाट सजिलै सिमकार्डको उपलब्धता हुने १० रुपैयाँ सम्मको रिचार्जकाड पाइने र अति सस्तो शुल्क भएको कारण पनि भारतीय सिमकार्ड चलाउनुपरेका समाल्बुङ्गका कृष्ण तामाङ्गले बताए । उनले नेपाली फोनको सेवा पाउन थालेपछि भारतीय मोवाइलको प्रयोग घटेको बताए ।

अहिले नेपाली सेवा प्रदायक कम्पनीहरुले सीमावर्ती गाउँहरु जिर्मले, समाल्बुङ्ग, श्रीअन्तु लगायतको स्थानमा बिटिएस राखेर संचालन गरेपछि भारतीय स्थानहरु मिरिक, सौरेनी, नक्शालबाडीदेखि सिलिगुडीसम्म पनि नेपाल टेलिकमको पहँुच रहेको पाइएको छ ।

तर पनि नेपाली सेवा प्रदायक कम्पनिहरुको भन्दा धेरै सस्तो रहेको र नेपाल भारतको अन्र्तदेशीय कल महँगो भएकोले पनि भारतीय फोनहरु भएकोले नेपाली फोनहरुले भारतीय फोनहरुको तुरुन्तै विस्थापन हुन नसक्ने प्रयोगकर्ताहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार