‘कालो सुन’ सुकाउनलाई परम्परागत भट्टीकै प्रयोग

  प्रकाश नेपाल
0 Shares

 

इलाम : कालो सुनको नामले परिचित अलैंचीको मूल्यमा गिरावट आएपछि किसान निराश बनेका छन् ।

परम्परागत भट्टीमा अलैची सुकाउँदै आएका उनीहरुको आधुनिक भट्टीतर्फ आकर्षण नहुँदा र पहुँच पुग्न नसक्दा पनि उत्पादित अलैंचीले उचित मूल्य पाउन नसकेको हो । अलैची गुणस्तरीय बन्न नसकेकाले अन्तर्राष्ट्रिय बजारमा समेत यसको मूल्य खस्किँदै गएको छ ।

अलैँचीको लागि प्रसिद्ध मानिने इलाममा अधिकांश किसानले अलैची खेती अगाँलेका छन्  जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैची उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

तर अलैचीको मूल्यमा निरन्तर गिरावट भइरहँदा उनीहरु चिन्तित देखिन्छन् ।  आधुनिक भट्टी आइसकेपनि किसानहरु त्यसतर्फ आकर्षित नहुँनु र त्यसको पहुँच  पनि नहुनुले गुणस्तरीय अलैची उत्पादन हुन नसकेको व्यवसायीको भनाइ छ ।  गुणस्तरीय अलैची नभएकोले नै बजार मूल्यमा गिरावट आएको अलैची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी बताउँछन् ।

परम्परागत भट्टीमा सुकाइएको अलैंचीको दाना समान रूपले नसुक्ने र भट्टीको धुवाँमा सुकाउनुपर्दा धुँवाको गन्ध आउने र दाना समेत कालो हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा अलैचीको मूल्य खस्कदै गएको पाइन्छ ।

आधुनिक भट्टीमा अलैचीलाई ग्रेडिङ गर्न सजिलो भएपनि लामो समय लाग्ने र खर्चिलो हुने गरेकोले आधुनिक भट्टीप्रति किसानको आर्कषण बढ्न सकेको छैन । परम्परागत भट्टीको तुलनामा कम समयमै अलैची सुकने भएपनि खर्चिलो हुने भएकोले आधुनिक भट्टीको प्रयोग नगरेको किसानहरुको गुनासो छ ।

आधुनिक भट्टीमा सुकाएको अलैचीमा मौलिकता रहिरहने,  र गुणस्तरीय हुने विभिन्न समस्याका कारण स्थानीय किसानको पहुँचमा पुग्न सकेका छैनन् । उसो त केही गैरसरकारी संस्थाले जिल्लाका केही किसानलाई आधुनिक भट्टी वितरण गरेपनि त्यसको महत्व किसानले बुझ्न सकिरहेका छैनन् ।यसको लागि सरोकारवाला पक्षले किसानलाई आधुनिक भट्टीबाट हुने फाइदा बुझाउने र यसको सहज पहुँचको व्यवस्थाका लागि सहयोग गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार