मदिराको इजाजतबाट ७ लाख राजस्व संकलन

  नयाँ बुलन्द  73 पटक हेरिएको

भोजपुर : भोजपुर जिल्लामा सुर्ती तथा मदिरा जन्य पदार्थ विक्री वितरण एवं इजाजत वापत सात लाख वढि राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सुर्तिजन्य पदार्थबाट २५ हजार ५ सय, मदिराबाट ६ लाख ८५ हजार ७५० र बियरबाट ८ हजार ७ सय ७० गरि ७२० हजार राजस्व संकलन भएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा सुर्ती तथा मदिरा जन्य पदार्थ कारोबार इजाजत पत्र तथा नविकरण अन्तर्गत एक सय ५२ ओटा होटल तथा किराना पसलले राजस्व वुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका सुचना अधिकारी राजन प्रसाद भट्टराईले जानकारी दिए । चालु आर्थिक वर्ष २०७५÷७६ को साउन मसान्त सम्म राजस्व संकलन भएको भए पनि त्यसको तथ्याङक आउन केहि समय लाग्ने भट्टराईको भनाई छ ।

एक सय ५२ ओटा होटल तथा किराना पसलले इजाजत लिएकोमा साउन मसान्त सम्म एक सय २६ वटाले मात्र नविकरण गरेका छन् भने अन्य २६ ओटा नविकरण हुन बाँकी रहेको कार्यालयले जनाएको छ । जिल्लामा केहि व्यवसायीहरुले विना इजाजत व्यवसाय सञ्चालन गरिरहेको जानकारी आएकोले त्यस्ता होटल तथा पसलको अनुगमन गरि कारवाहि गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका प्रमुख गुरु भक्त पोखरेलले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार