५० वर्षका वृद्धले यौनकर्मी मगाउँदा ज्यानै गयो !

  नयाँ बुलन्द  317 पटक हेरिएको

विराटनगर : विराटनगरमा यौनकर्मीबारे विवाद हुँदा एक सुरक्षा गार्डको हत्या भएको छ ।

विराटनगर–४ पिपलचौक घर भई धरानरोडस्थित बिक्की हार्डवेयरमा सुरक्षा गार्ड काम गर्ने ५० वर्षीय सुरक्षा टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलासा भएको हो । प्रहरीले हत्यामा संलग्न विराटनगर–४ पुलचौकका २६ वर्षीय सन्जय सहनीलाई पक्राउ गरेको छ । भट्टराई गत ३ भदौमा उनी काम गर्ने हार्डवेयरभित्रै मृत फेला परेका थिए ।

भट्टराईले सहनीलाई यौनकर्मी खोजेर ल्याउन २५ सय रुपैयाँ लिएर पठाएको र सहनी यौनकर्मी नल्याई फर्केपछि उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि सहनीले फलामको रडले हानेर भट्टराईको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा सहनी संलग्न रहेको पुष्टि भइसकेको बताए । सहनीविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार