खुला सीमाका कारण भारतीय पर्यटक बढ्दै, १० लाख पर्यटक स्थलमार्गबाटै भित्रिए

  नयाँ बुलन्द
7 Shares

काठमाडौं : नेपालको खुला सीमाका कारण भारतबाट कति पर्यटक भित्रन्छन् भन्ने एकीन तथ्यांक राख्न नसकिए पनि पछिल्ला वर्षहरुमा भने केही प्रयाश भएको छ।

नेपाली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो स्रोत मुलकसमेत रहेको भारतबाट हवाईमार्ग हुँदै आउने पर्यटकको संख्या वषौँदेखि राख्ने गरिए पनि स्थलमार्गको समेत विवरण राख्न थालिएको छ। गत वर्षमा भारतबाट हवाईमार्ग हुँदै १ लाख ६० हजार १ सय ३२ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक यसअघि नै सार्वजनिक भइसके पनि स्थलमार्गबाट आउनेको एकीन तथ्यांक हालैमात्र सार्वजनिक भएको खबर अाजकाे कारोबार दैनिकमा छ ।

जसअनुसार २०१७ मा विभिन्न नाका हुँदै १० लाख २३ हजार ३ सय ३० भारतीय नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विगतमा केही तथ्यांक सार्वजनिक गरे पनि गणना भने २०१७ बाट गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार