मिस टुरिज्मको उपाधि मनितालाई

  नयाँ बुलन्द  50 पटक हेरिएको

काठमाडौँ : मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छिन् । आज भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिज्मको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधिसमेत जितेकी छिन् ।

प्रतियोगिताको फस्ट रनरअपको उपाधि प्रकृति ढकालले जितेकी छिन् भने श्रुती थापाले सेकेण्ड रनरअपको अपाधि जित्दै क्रमश रु ३० हजार र रु २० हजार प्राप्त गरे । प्रतियोगितामा दीक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाइस, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिप्लिन, सङ्गीता थापा मिस फिगर र मिस पर्सनालिटिज, सिर्जना घिमिरे मिस फ्रेन्डसीप र सुमी थापा मिस वाल्क घोषित भए ।

मिस टुरिज्मको उपाधि चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिज्म विषयमा स्नातक अध्ययनरत् छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार