गायन प्रतिभा बोकेका गायकहरुलाई खुशीको खबर !!!

  नयाँ बुलन्द  700 पटक हेरिएको

मेरो शब्द, दिपेन याक्थुम्बाको सङ्गीत र तारा लक्सम लिम्बुले स्वर दिनु भएको गीत “यो जिन्दगी घुमाउरो बाटो जस्तो” बोलको गीतलाईप “कभर गीत” बनाएर यो खुला प्रतियोगितामा सहभागी जनाई अकार्षक पुरस्कार जित्न सक्नु हुनेछ ?

सहभागी बन्न 

१) यो फेसबुक पेज लाईक www.facebook.com/blackhancy र यो पोस्ट सेयर गरेको हुनुपर्छ ।

२) यो गीतको अडियो तल Youtube बाट yo jindagi dipen टाइप गरेर सबैभन्दा माथी देखिएको भिडियोबाट गीत download गरेरे लिनुहोस ।

३) “कभर गीत” भिडियो सहित रेकर्ड गराएर हामीलाई फेसबुकमै पठाएको हुनु पर्नेछ । वा soman.lepacha@gmail.com मा मेल गर्दा पनि हुन्छ ।

४) बिना सङ्गीत, गितार लगायत जुनसुकै बाजा प्रयोग गरि जसरि गर्दा हुन्छ तर भिडियो र अडियो स्पष्ट देखिने र सुनिने हुनुपर्छ ।

५) सबै उमेरकोले सहभागी लिन सक्नु हुनेछ ।

६) यो गीतको कलर ट्युन Ncell- 70215776 र NTC-0776603 मा उपलब्ध छ, जसलाई आफ्नो मोबाइलको कलर ट्युन बनाउनु पर्नेछ ।

७) हामीलाई “कभर गीत” बनाई पठाउने सहभागीले फोन न., नाम,स्थाई ठेगाना सहित संक्षिप्तमा आफ्नो बारेमा लेखेर पठाएको हुनु पर्नेछ ।

विजेताको निर्णय 

१) नेपालकै ख्यातिप्राप्त गायकबाट तपाईको गायन शैलीको निर्णय गरिनेछ ।

२) तपाईको भिडियोलाई हाम्रो युट्युब च्यानलबाट प्रसारण गरिने हुदा भ्युबाट पनि ३०% अङ्क बटुल्न सक्नु हुनेछ ।

३) ७०% अङ्क तपाईको स्वर, कला, प्रस्तुति हेरेर निर्णायकहरुले अङ्क दिनेछ ।

विजेतालाई पुरस्कार 

१) नगद १० हजार (अक्षेरुपी दस हजार)

२) २ वटा गीतमा स्वर रेकर्ड गराई दिनेछ ।

३) एउटा गीतको भिडियो बनाई दिनेछ ।

४) टप १० मा पर्ने सहभागीलाई कार्यक्रममा बोलाई सम्मान गर्दै प्रमाणपत्र दिइनेछ साथै सो कार्यक्रममा गाउनको लागि अवसर पनि दिइनेछ ।

५) विजेतालाई सास्कृतिक कार्यक्रम साथै पत्रकार सम्मेलन गरि पुरस्कार र सम्मान पत्र वितरण गरिनेछ ।

नोट: प्रतियोगिहरुले २०१८ डिसेम्बर २२ तारिकसम्म सहभागिता जनाउनु सक्नु हुनेछ, यसको निर्णय डिसेम्बर २६ तरिक गरिनेछ, बिजेतालाई २०१९ जनवरी १ तरिक गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नसुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार