पञ्‍च योङहाङको अध्यक्षतामा योङहाङ सेवा समाज गठन

  नयाँ बुलन्द
0 Shares

इलाम : पञ्‍च योङहाङको अध्यक्षतामा किरात लिम्बूहरुको थरगत संस्था ‘योङहाङ सेवा समाज’ इलाम गठन भएको छ ।

इलामको माङसेबुङ १ स्थित गजुरमुखी धाममा शनिबार भएको योङहाङ बन्धुहरुको प्रथम एतिहासिक भेलाले पञ्‍च योङहाङको अध्यक्षतामा २१ सदस्यीय ‘योङहाङ सेवा समाज’ को जिल्ला तदर्थ समिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा एनवी योङहाङ, सचिवमा दीपक योङहाङ, सहसचिवमा प्रमिला योङहाङ र कोषाध्यक्षमा सुनिता योङहाङ चयन भएका छन् ।

सदस्यहरुमा जय योङहाङ, अतित योङहाङ, अन्जान योङहाङ, हाङपालसिंह योङहाङ, डकिन्द्र योङहाङ, वाइवी योङहाङ, राम योङहाङ, योगेश योङहाङ, पूर्णबहादुर योङहाङ र सीता योङहाङ चयन भएका छन् ।

योङहाङहरुको बसोबास रहेका जिल्लाका ७ वटा स्थानीय तहलाई समेटेर तदर्थ समिति गठन गरिएको जनाइएको छ । क्षेत्रीय सन्तुलनका आधारमा सदस्यको पदपूर्ती गरिने जनाइएको छ ।

त्यसैगरी भेलाले १० जनाको सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा केहरसिंह योङहाङ, छत्रबहादुर योङहाङ, मानप्रसाद योङहाङ, ठाकुरप्रसाद योङहाङ, तेजबहादुर योङहाङ, राजेन्द्र योङहाङ, धनकुमार योङहाङ, दिलबहादुर योङहाङ, गजेन्द्र योङहाङ र दुर्गाबहादुर योङहाङ रहेका छन् ।

योङहाङ सेवा समाज भेला आयोजक समितिका संयोजक पञ्च योङहाङको अध्यक्षता र किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष यामप्रसाद लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि केहेरसिं याेङहाङ, छत्रवहादुर याेङहाङ, दुर्गावहादुर याेङहाङले समेत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार