योनी रसबाट बियर

  नयाँ बुलन्द
0 Shares

योनीरसबाट बियर बन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, पोल्याण्डको एक बियर कम्पनीले यस प्रकारको बियर उत्पादन गर्न थालेको छ । द अर्डर अफ योनी नाम गरेको बियर कम्पनीले यसलाई बजारमा ल्याएको हो ।

यस योनी बियरमा महिलाको योनीमा पाइने ल्यास्टिक अम्ल पाइन्छ । यसमा दुई हट मोडलहरु मोनिका र पाउलिनाको योनीको ब्याक्टेरिया प्रयोग गरिएको बताइएको छ । यौनाङ्गको ब्याक्टेरियाले कुनै पनि हानी गर्दैन जसले ल्याक्टिक अम्ल बनाउने काम गर्छ ।

ती मोडलहरुको यौनाङ्गबाट महिला चिकित्सकले योनी रस निकाल्छन् । त्यस योनी रसलाई ल्याबमा लगिन्छ अनि ल्याक्टिक अम्ल निकालिन्छ । र, त्यो बियरका लागि प्रयोग हुन्छ ।

कम्पनीले यस बियर दुई प्रकारमा उत्पाद गरेको छ । एक बोटल्ड लस्ट र अर्को प्यासन । यी दुवै बियरमा आठ प्रतिशत अल्कोहल हुन्छ । लस्टमा पाउनिला नामकी मोडेलको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ । प्यासनमा चाहीँ मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ ।

कम्पनीले यस प्रकारको बियरबारे सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि चर्चा र विवाद दुवै भएको छ । केही मानिसहरुले यसको खुलेर विरोध गरिरहँदा केहीले भने राम्रोको संकेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार