कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज निलम्बित अन्यमाथि पनि कार्यवाही सुरु

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : कञ्चनपुर घटनामा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का प्रेस संयोजक किरण भट्टराईले विष्टलाई  मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालीन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको बताए ।

कञ्चनपुर घटनामा विष्टको भूमिका शंकास्पद रहेको देखिएकाले विष्टलाई निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । भने अर्का प्रहरी अधिकृतहरुमाथि पनि कार्यवाही थालिएको समेत जानकारी हुन अाएकाे छ ।

स्थानीयले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार