पाँच फुट लामो टुप्पी

  युद्धबहादुर बोहोरा
0 Shares

 

इलाम : कोही दाह्री पाल्न शौखिन हुन्छन् भने कसैले कपाल,नङ्ग तथा टुप्पी लामो पालेर ‘गिनिज बुक अफ द वल्ड’ रेकर्ड कायम गरि आफू चर्चित हुने चलन छ।

यस्तै सवालमा भेटिए इलाम फाकफोकथुम-१,खाम्बाङ्ग निवासी स्व.शेरबहादुर मोक्तान तामाङका माइला छोरा ६६ वर्षिय पदमबहादुर मोक्तान तामाङ जस्को टुप्पी पाँच फुट लामो रहेको छ। । शौखिन व्यक्ति त होइनन्,उनी सामान्य खेती किसान गरि आफ्नो जिविका गुजारा गर्छन् तर टुप्पी भने उनले लामो पालेका छन् ।

२०५३ साल भदौमा बुबाको मृत्यु पश्चात् माघ महिनामा कपाल खौरे त्यस पछि टुप्पी पाल्ने क्रममा अहिले उनको टुप्पी पाँच फुट लामो भएको छ।

बौद्ध धर्ममार्गी धामी तामाङले पालेको टुप्पी जिल्ला भरमा सबैभन्दा लामो भएको उनको दावी छ।कुनै समयमा टुप्पी प्रदर्शनीको अवसर मिले आफु पनि सहभागी हुन इच्छुक रहेको बताउँछन् । तामाङ्ग धामी झाक्रीको मेलो समेत जान्ने भएकाले इलाम र पाँचथरका अधिकाँश क्षेत्रमा  आफुले जानेको विधि द्वारा विरामीको उपचार समेत  गर्दै आएका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार