फिदिम र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ भिड्दै

तेस्रो पाथिभरा गोल्डकप

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : हिमाली जिल्लामा हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा प्रतिष्ठित प्रतियोगिता तेस्रो पाथिभरा गोल्डकपमा आज फिदिम स्पोर्टिङ क्लव पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ आमनेसामने हुँदैछन् । अहिले  सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा प्रतिस्पर्धा हुँदैछ।

यसअघि शुक्रबारको उद्घाटन खेलमा रेडहर्स क्लब इलामले कंञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङमाथि १–० गोलको कठिन जित दर्ता गरेको छ । इलामले संञ्जय धिमालको १ गोलको मदतमा अघिल्लो यात्रा जारी राखेको हो ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।

लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आएपनि २०७४ सालदेखि नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो । फुटबलको माध्यमबाट पाथिभराको प्रचारप्रसार गरि जिल्लामा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार