शान्ति निकेतनको प्रयास

  गोबिन्द पौडेल  41 पटक हेरिएको

रोङ : सामुदायिक विद्यालयमा विद्याथीहरुको संख्या घट्न थालेपछि बिद्यार्थीहरुलाइ आर्कषण गर्न रोङ ३ मा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयले भिन्नै प्रकाको प्रयासको थालनी गरेको छ ।

मसिना वालबालिकाहरु सानो उमेरमा निजी विद्यालयमा जान थालेपछि सामान्यतय फर्किएर सामुदायिक विद्यालयमा नआउने देखिएपछि निजी विद्यालयको सेवा र सुविधाहरु सामुदायिक विद्यालयमानै निशुल्क रुपमा दिन थालेको छ । अभिभावकको इच्छानुसार तल्ला कक्षहरु देखिनै अंग्रेजी भाषमा पठन पाठन गर्न थालेपछि बिगतको भन्दा यस शैक्षिक वर्षमा विद्यार्थीहरु बढेको बिद्यालयको शिक्षक युवराज आचार्यले बताए ।

नर्सरी देखि कक्षा ५ सम्मलाइ अलग्ग व्यवस्थापन गरेर पढ्ने, खेल्ने र खाने व्यवस्था मिलाईको, विद्यार्थीहरुको लागि खाजाको व्यवस्था भएको र वालबालिकाहरुको सधै शिक्षकहरुले निगरानी गर्ने, अभिभावकसगको नियमित सम्पर्क, बालमैत्री ब्यवहार र सिकाइ भएपछि अभिभावकहरुको मन विद्यालयले जित्दै गएको सहायक प्रधानाध्यापक हेमन्त आचार्यको भनाइ छ ।

चार जना प्रथामिक तहको शिक्षक दरबन्दी रहेकोमा निजी श्रोतबाट चार जना थपेर आठ जना शिक्षकहरुले नर्सरीदेखी ५ कक्षा सम्म बेग्लै व्यवस्थापनमा सिकाइ गरिने सो बिद्यालयमा उक्त कक्षाहरुमा छैसठी जना विद्याथीहरु रहेको बिद्यालयका प्रधानाध्यापक हिमेश्वर यादबले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार