चार शिक्षक सम्मानित

रोङ : इलामको रोङ गाउपालिका शिक्षा शाखाले गाउपालिका भरीको उत्कृष्ठ शिक्षकहरु मध्ये ४ जना लाई सम्मान तथा पुरस्कृत गरेको छ ।

यसरी पुरस्कृत हुने हरुमा शान्ति निकेतन माबि रोङ ३ का चन्द्रकान्त आचार्य, मोतीराम माबि रोङ ६ का कुमार मगर, देबीगञ्ज आबि रोङ १ बमसन्त कुमार कटुवाल र शंकर आधारभूत बिद्यालय रोङ ३ का हरीबहादुर भूजेल रहेका छन् ।

गाउपालिका भरीका बिभिन्न बिद्यालयहरुले सिफारिस गरेका पत्रहरुको आधारमा शिक्षा साखाले कार्यमुल्याङकन फाराम समेतलाई आधार मानेर शिक्षकहरुको छनौट गरिएको हो ।

पुरस्कृत सबै शिक्षकलाई जनही नगद २ हजार सहित फूलमालाले सम्मान गरिएको रोङ गाउपालिकाका शिक्षा शाखाका श्रोत ब्यक्ति रुखमान शुब्बालले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार