मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं : तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । अब त्यस्तो मोटरसाइकल चलाए कारबाही गर्ने प्रहरीले जनाएको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो ।

ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । मोटरसाइकलहरुबाट निस्कने ठूलो ध्वनीका कारण असशक्त, विरामी, बालबालिका, बृद्धबृद्धाहरुलाई असर गर्ने गरेको छ ।

दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेका ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुसँग एक हजार रुपैयाँ जरिवाना गरिने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार