कहिले आउछ सिहदरवार गाउमा ?

गोबिन्द पौडेल 

रोङ : संघिय शाससनमा बिकेन्द्रिकरणको सिद्धान्तअनुसार सिहदरवार गाउमानै आउछ भनेर बसेका नागरिकहरु यति खेर आएर घरको न घाटको बनेका छन् ।

केही सिमित कार्यलयहरु सदरमुकाममा रहेर नागरिकहरुको सरोकारका सबै जिल्ला स्तरिय कार्यलयहरुले गर्ने कामहरु स्थानिय तहमानै हुन्छ भो बुझेका नागरिकहरुको काम यतिखेर न त स्थानिय निकायमा हुन्छ न त जिल्लामानै हुन्छ अनिर्णयको बन्दि बनेको छ ।

गत असारको अन्तमा डिभिजन सहकारी कार्यलय इलाम पुगेका रोङ ६ रम्भ्याङ्गका टोलीलाइ डिभिजन प्रमुख लाल बहादुर श्रेष्ठले हामीले सहकारीको कार्यलयहरु गत असार १४ गते नै स्थानिय निकायहरुमा पठाइ सकेका छौ भनेर बताए सोही अनुसार भाद्र १ गते रोङ गाउपालिका गएका उनै नागरिकहरुले असार १४ गते सहकारी डिभिजन कार्यलयको कागजात रोङ गाउपालिकामा आएको भएपनि कर्मचारी नआएको कारण एउटा दराजमा पोको परेर बसेको थाहा पाएपछि नागरिकहरुले कहावाट सेवालिने अलमलमा परेको महसुस गरेका छन् ।

सरकारले टोल टोलमा सहकारी र घर घरमा रोजगारीको नारा लगाएको भएपनि कर्मचारी बिहिन सहकारीको पोको रोङको दराजमा थन्किएपछि यसको बारेमा आगामी भाद्र ५ गतेको गाउ कार्यपालिकाको बैठकमा कुरा राख्ने गाउपालिकाको उपाध्यक्ष चन्द्रकला राइले बताइन ।

यता गाउपालिकामा नौ जना नायब सुब्बाको दर्वन्दि रहेपनि एकजना मात्र नासु रहेको र त्यसमा पनि आफ्नो जिम्बेवारी वडा सचिवको रहेकोले सरकारले कर्मचारीको ब्यवस्था नगरेको कारण नागरिकहरुले दुख पाएको वडा नं ३ का सचिव समेत रहेका नायव सुब्बा नेत्र पोखरेलले बताए ।

जतिसुकै कार्यलय स्थानिय तहमा आउने भनिएपनि अहिले सम्म रोङमा शिक्षा , स्वास्थ्य , कृषि र पशु कार्यलयको मात्र काम हुने गरेको छ ।

सरकारले सस्तो लोकप्रियताको लागि गर्न नसक्ने कामको बेलबिस्तार गरेर नागरिकहरुलाइ सास्ती बनाउनु भन्दा कुन सेवा कहाबाट कसरी दिने हो यसको बारेमा स्पष्ट पारेमा नागरिकहरुले दुख नपाउने वाताबरणको सृजना गर्न सके शासन ब्यवस्था प्रति नागरिकहरुको भरोसा बढेने थियो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार