पेल्टिमारी प्रवास सञ्जालले विपन्न परिवारलाई साेलर वितरण

चुलाचुली : हरेक बर्ष अार्थिक विपन्न परिवार र जेहन्दार विद्यार्थीलाई सहयाेग गर्दै अाएकाे चुलाचुली प्रवासी सञ्जाल पेल्टिमारीले यश बर्ष पनि विपन्न परिवारलाई साेलर वितरण गरेका छन ।
२०७५ भदौ १ गते सञ्जालकाे बार्षिक कार्यक्रम अन्तर्गत अति विपन्न परिवारलाई २५ वाटकाे साेलार सेट दुई परिवारलाई वितरण गरिएको सञ्जालका सचिव छत्र चाम्लिङले वताए ।
उक्त वडा निवासी भिम वा. तामाङ( दाउरे ) र जेष्ठ नागरिक फाैदसिङ थुलुङ राईलाई एक थान ब्याट्री एक थान साेलर सञ्जालले सामूहिक रूपमा प्रदान गरिएकाे हाे । सन्जालले बार्षिक रुपमा विभिन्न सामाजिक कामहरु गदै अाईरहेकाे छ भने, स्थानीयवासीहरूलाई मध्यनजर गर्दै एम्वुलेन्स सेवा सन्चालन गर्ने अागामि याेजना रहेको छ । चुलाचुली गाउँपालिका वडा नं. ३ काे प्रवासमा रहेर अाफ्नाे गाउँलाई विकासका गतिमा अगाडि लैजानकै लागि यस सञ्जाल गठन गरिएको संस्थाका अध्यक्ष बलराम गिरीले जानकारी िदए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार