चियाले सोच एकाएक फेरियो

 

लोकेन थेबे

माईजोगमाई : जौबारीका भत्त चेमजोङले १३ बर्ष पहिले लाखौ खर्छ गरेर लगाएको चिया खेतिले उत्पादन दिने समयमा हरियो चिया पतिले स्थानिय ठाउँमा बजार नपाएकोले केही बर्ष देखि चिया खेती प्रती खिन्न बनेका थिए।

चियाको हरियो पतिले बजार नपाएकोले नै चेम्जोङले चिया स्यहार ,सुसार गर्न छोडेकोले चिया बगानले जङ्गलको रुप लिएको थियो।

यो बर्ष सबै चिया फडानी गरि अलैची खेती गर्ने सुरमा रहेको उनको सोच एकाएक फेरियो । पहिले साथी भाईलाई चिया खेती लगाएर गल्ती गरेको सुनाउथे भने अहिले सहि खेती लगएको रहेछु भन्दै अरु संग खुशी व्यक्त गर्ने गर्दछन। भत्तको यो खुशी श्री सिध्द पोखरी चिया उत्पादक सहकारी संथा लिमिटेड माईजोगमाइले ल्याइदिएको हो ।यो सहकारीले १ करोड ९६लाख रुपयाको लागतमा केही समय अगाडी भवन निमार्ण कार्य सम्पन्न गरि हरियो चिया पति प्रशोधन सुरु सगै उनले पनि यहि चिया प्रसोधन केन्द्रमा रोजगारी पाएर भएको हो।अहिले उनको चिया बगान बाट हफ्तामा ४ मन हरियो पति प्रसोधन केन्द्रमा पुग्छ।
यो प्रसोधन केन्द्रले अहिले दैनिक ४ हजार केजि हरियो चिया पति पेल्ने र हाललाई हरियो पति प्रती केजि ३५ देखि ४० रुपया लिने गरेको संस्थाका सहसचिब टेकराज तामाङले बताए ।हाल ७ जना कर्मचारी रहेको र केही समय पछि आवस्यक कर्मचरी थपिने र यसको अलवा माई जोगमाई गाउँपालिकाको चिया किसानले चिया खेतिमा लागेर निरास बन्नु नपरोस भनेर यो चिया प्रशोधन भवन बनाउनु परेको थप प्रसट पार्दै भने हालाई किसानको हरियो चिया पतिको रकम आन्तरिक स्रोतबाट र पछि सो चियाको बजारबाट आएको रकम बाट किसानलाई दिदै जाने सस्थाको योजना रहेको छ।भत्त जस्तै २० बर्ष पहिले नै कृषि बिकास बैक बाट लाखौ रुपया रिर्ण लिएर चिया खेती गरेका माईजोगमाई ५ का यद बहादुर लिम्बुले हरियो चिया पतिको
मूल्य घरमै पाउँदा खुशी छन ।लामो समय चिया खेतिमा लागेर थाकेका लिम्बू यश बर्स बगानमै चिया पति उचित मुल्यमा किन्न आउने भए पछि खुशी भएका हुन।यो सस्थाको सेयर सदस्य समेत रहेको लिम्बुले बिगत बर्षमा हरियो चिया पतिको मुल्यले खेतलालाई दिन नपुग्ने भएकोले चिया खेति स्यहार्न छोडिसकेका थिए अहिले अनि दिनरत चियाबारिमा पसिना बगाईरहेका छन।२ सय १४ सेयर सदस्यको रु१ करोड ५० लाख उन्नती बाट रु ३६ लाख माईजोगमाई गाउँपालिका बाट १० लाख गरि कुल १ करोड ९६ लाखमा यो प्रशोधन केन्न्द्र बनेको हो यहाँ बाट उत्पादित चिया छिमेकी देश भारत र युरोप निकासी हुने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार